प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको योगदान
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको योगदान
मितिः २०८३/०५/२२
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु. १५,५०,२५५ (अक्षरेपीः रू. पन्ध्र लाख पचास हजार दुई सय पचपन्न मात्र) योगदान गरेको छ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै संस्थाका पार्षद सदस्यहरु, विभिन्न स्थायी तथा अस्थायी समिति सदस्यहरु, बोर्डका सदस्यहरु, कर्मचारी तथा कर्मचारी संघको सामूहिक सहभागिता एवं संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त योगदान गरिएको हो।
संस्थाले विपद्को समयमा प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्नु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वका साथै मानवीय दायित्वसमेत भएको जनाएको छ। संस्थाले यस योगदानमार्फत विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गर्दै राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ।
संस्थाले विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि राज्य, सम्बन्धित निकाय, निजी तथा पेशागत क्षेत्र र आम नागरिकबाट भइरहेको सहयोग तथा सहकार्यको प्रशंसा गर्दै यस्ता मानवीय प्रयासमा निरन्तर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
