Updates:

Press Release

लेखा व्यवसायीहरुको पाँचौ राष्ट्रिय सम्मेलन आयोजना हुँदै

  • 27 Apr 2026

लेखा व्यवसायीहरुको पाँचौ राष्ट्रिय सम्मेलन आयोजना हुँदै

लेखा व्यवसायीहरुको पाँचौ राष्ट्रिय सम्मेलन आयोजना हुँदै

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)को आयोजनामा लेखा व्यवसायीहरुको पाँचौ राष्ट्रिय सम्मेलन मिति २०८३ बैशाख १६ र १७ गते (बुधवार र बिहीबार) काठमाडौंमा आयोजना हुन गइरहेको छ ।


यस सम्मेलनमा लेखाव्यवसायको क्षेत्रका महत्वपूर्ण विषयवस्तुहरु लगायत आर्थिक तथा अन्य समसामयिक विषयवस्तुको विकास तथा परिवर्तनहरु उपर छलफल गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ संस्थाले “बिश्वास र आर्थिक सुशासनको सुदृढीकरण मार्फत नेपालको आर्थिक रुपान्तरण” विषयक पाँर्चौ राष्ट्रिय लेखाव्यवसायी सम्मेलन आयोजना गर्न गईरहेको छ ।

नेपालको अर्थतन्त्रको सघन ज्ञान राख्नुहुने पुर्व अर्थमन्त्रीयूहरु, आर्थिक क्षेत्रका अग्रज व्यक्तित्वहरु, लेखा व्यवसायी तथा सूचना प्रविधी विज्ञहरुको प्यानल छलफल तथा कार्यपत्र प्रस्तुतिकारण मार्फत  सम्मेललनलाई विशेषतः ६ वटा प्रमुख प्राविधिक सत्रमा विभाजन गरी संचालन गरिने छ भने एक व्यवसायिक नेतृत्व सम्बन्धी उत्पेरणा सत्र समेत रहने छ । सम्मेलनमा देशभरबाट छ सय भन्दा बढी लेखाव्यवसायी लगायत कर्पोरेट हाउसका विशिष्ट व्यक्तित्वहरुहरुको सहभागिता रहने छ । 

उक्त विभिन्न सत्रहरू मार्फत वर्तमान आर्थिक परिदृश्यको विश्लेषण गर्दै सम्भावित आर्थिक संरचनागत परिवर्तनका क्षेत्रहरू पहिचान गरिनेछ भने दिगो आर्थिक रूपान्तरणका लागि संस्थागत विश्वास, पारदर्शिता र सुशासन सुदृढ गर्ने विषयमा छलफल गरिनेछ । नवप्रवर्तन र डिजिटल प्रविधिको प्रभावकारी संयोजन मार्फत आर्थिक रुपान्तरण, ESG अभ्यासको कार्यान्वयनमा पेशाकर्मीहरूको भूमिका अभिवृद्धि, तथा पेशागत अभ्यास विकासका चुनौती र समाधानका उपायहरूबारे विचार–विमर्श गरिनेछ । साथै, नेपाललाई अन्तर्राष्ट्रिय लेखा आउटसोर्सिङ केन्द्रका रूपमा विकास गर्ने सम्भावना तथा त्यसका लागि आवश्यक दक्ष जनशक्ति र रणनीतिहरूबारे समेत छलफल गरिनेछ ।

सम्मेलनमा देशभरबाट छ सय भन्दा बढी लेखाव्यवसायी लगायत कर्पोरेट हाउसका विशिष्ट व्यक्तित्वहरुहरुको सहभागिता रहने छ ।